news and more entertainment

माधवकुमार नेपाल र मुख्यमन्त्री नीतिश बीच भेट

नयाँदिल्ली , श्रावण १३ - पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग शनिबार पटनास्थित मुख्यमन्त्री निवासमा भेटवार्ता गरेका छन् ।
भेटमा प्रगतिको चरणमा रहेको बिहार राज्यको पूर्वाधार र विकास संरचनाबारे दुई घन्टा लामो कुराकानी भएको थियो । लन्च मिटिङमा सहभागी सदस्य राजन भट्टराईका अनुसार बिहारका सीमावर्ती नेपाली क्षेत्रसागको सडक सम्पर्क संजाल र विकास साझेदारीबारे समेत भेटमा परामर्श भएको थियो ।
शनिबार अपराह्न नालान्द विश्वविद्यालय भ्रमणमा गएका नेता नेपाललाई उपकुलपति डा.गोपा सव्रवालले स्वागत गरेकी थिइन् । पाँचौं शताब्दीमा बनेको पूर्वीय सभ्यताको केन्द्र मानिने विश्वविद्यालयको सम्पदा अहिले पनि उत्खनन क्रममा छ । भेटमा नेता नेपालले नेपालको लुम्बिनी हुादै भारतका बौद्ध तीर्थस्थलहरू जोडेर एउटा 'सर्किट' निर्माण गर्नुपर्ने धारणा राखेका थिए । बिहार भ्रमणपछि शनिबार राति दिल्ली फिरेको प्रतिनिधिमण्डल आइतबार काठमाडौं जानेछ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget