news and more entertainment

निर्वाचन आचारसंहिताले ज्ञानेन्द्रलाई ठुलो झड्का

७ साउन, काठमाडौं । निर्वाचन आयोगले सोमबार जारी गरेको आचारसंहिताले पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारलाई अप्ठेरोमा पारेको छ ।निर्वाचन आयोगले जारी गरेको आचारसंहीतामा कुनैपनि नेपाली नागरिकले यो वा त्यो रुपमा सहयोग वितरण गर्न नपाउने उल्लेख गरिएको छ । कुनैपनि व्यक्ति वा संस्थाले बाढी पीडितको नाममा समेत राहत वितरण गर्न नपाईने आयोगको भनाई छ । तर पुर्वराजा शाह बुहारी हिमानीको नाममा रहेको हिमानी ट्रष्ट मार्फत बाढीपीडितलाई राहत वितरण गर्न सोमबार नै धनगढी पुगेका छन् । "कुनैपनि नेपाली नागरिकले निर्वाचनको निष्पक्षतामा आँच आउनेगरी काम गर्न पाईने छैन," प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले भने,"यो वा त्यो रुपमा कसैले पनि व्यक्तिगत रुपमा राहत वितरण गर्न पाईने छैन । त्यस्तो पाइएमा अनुगमन गरेर कारवाही गरिनेछ । निर्वाचन आचारसंहीता सोमबार देखि नै लागु गरिएको छ । पुर्वराजाको बिषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले आयोगको ध्यानाकर्षण भएको बताएgyanendra ex king
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget