news and more entertainment

बाबुरामको भट्टराईको डाइलगले एमाओबादीमा फेरी तहल्का

८ साउन, काठमाडौ । एकाएक उपाध्यक्ष त्याग गरेर झन शक्तिशाली बनेका एमाओवादी नेता तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको एउटा 'डाइलग'ले यतिखेर पार्टीमा खुव चर्चा पाएको छ । भाषणका क्रममा उदाहरण दिन खप्पिस बाबुरामले ल्याएको एउटा सुत्रले युद्धताका देखिनै माओवादी पार्टीमा रहेका नेता कार्यकर्ता औधी खुसी भएपछी यसको चर्चा बढेको छ ।यतिखेर बाबुरामको सुत्रको रूपमा आएको उक्त डाइलगको चर्चा पार्टीको तल्लो तह देखि माथिल्लो तहसम्म छ । यसपटक चैं बाबुरामले ठीक भनेको भन्ने जमात प्रचण्डपक्षिय नेता-कार्यकर्ता समेत छन् भने बाबुरामका आलोचक मानिएका वैद्यका नेता कार्यकर्ताले पनि बाबुराम नयाँ सुत्रलाई निको मानेका छन् ।पार्टीमा तरंग ल्याउन सफल बाबुरामको डाइलग हो-baburam bhattrai'शान्तिपुर्ण अवस्था भन्दा सशस्त्र संघर्षको समय ५० गुणा बढि हुन्छ ।'झट्ट सुन्दा फिल्ममा बोलिने डाइलगझैं ग्लामर नबोकेपनि माओवादी पार्टीमा शुरूदेखि नै खट्दै आएका र युद्धको कठिन समयमा पनि लडेका नेता कार्यकर्तालाई भने यसले निकै ठुलो महत्व राखेको र ढाडश दिएको बताइन्छ ।हाल एमाओवादी नेतृत्वले सशस्त्र युद्ध लडेका भन्दा पनि पछी पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई महत्व दिन थालेको भन्दै धेरै नेता कार्यकर्ता आक्रोशित छन् । उनीहरूको आक्रोशको तारो नारायणकाजी श्रेष्ठ देखी एमालेबाट माओवादी छिरेका रामचन्द्र झा र उर्मिला अर्यालसम्म छन् ।भर्खरै सम्पन्न विस्तारित बैठकमा पछी पार्टीमा आएका नेताहरुले पाउन लागेको जिम्मेवारी र पदपनि पार्टीमा विकसित पछिल्लो घट्नाक्रमले नपाएपछी युद्धकाल देखिका नेता तथा कार्यकर्ताहरुले खुच्चिङ भन्न थालेका छन् ।विस्तारित बैठकमै पनि केही उपल्ला कार्यकर्ताहरुले पार्टीले युद्ध नलडेकालाई बढि जिम्मेवारी दिँदा कुरा बिग्रिएको भन्दै युद्ध नलडेकाले पार्टीको मर्म बुझ्न नसकेको आरोप लगाएका थिए।उनिहरुले आफ्ना पक्षमा तर्क प्रस्तुत गर्दा समेत भट्टराईको सशस्त्र संघर्षमा एक वर्ष काम गरे बराबार शान्तीपुर्ण समयमा ५० वर्ष काम गरे बराबार हुने बताउन थालेका छन् ।बाबुरामको यो सुत्रबाट सवै भन्दा पिडा र घाटा भने उपाध्यक्षबाट राजिनामा गरेका नारायणकाजी श्रेष्ठ र एमालेबाट आएका रामचन्द्र झा र उर्मिला अर्यालले पाएका छन् ।नारायणकाजीले बलै उपाध्यक्ष पद छोडेका थिए भने झा र अर्यालको केही पद वा जिम्मेवारी पाउने संभावना तत्कालको लागि तुहिएको छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget