news and more entertainment

कोरियामा कामका लागि आवेदन फर्म खुल्यो यस्तो छ आबेदन

साउन ११  ।  नेपालका लागि  दक्षिण कोरीयाले  रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुलाएको छ ।

आज  प्रकाशित सूचना अनुसार आवेदन फारम वितरण र दर्ताका लागि काठमाडौमा सानो गौचरन खेल मैदान, ज्ञानेश्वर र सिदार्थ वनस्थली इन्ष्टिच्युट, किर्तिपुरको ल्याबरोटरी माध्यमिक विद्यालय बाट बुझाउन  सकिने छ ।

परीक्षास्थल र परीक्षा समय केही   दिन पछि  सुचना निकालेर  सुचना दिने  बैदेशिक रोजगार बिभागको इपिएस कोरिया शाखाले जनाएको छ ।

 आवेदन फर्म काठमाडौ बाहिर भने धरान र बुटवलबाट आवेदन फारम दर्ता लिइने छ ।   भाषा परीक्षाका लागि भदौको ५ गतेदेखि ८ गतेसम्म आवेदन फारम दर्ता गर्न सकिने छ ।
आवेदन फारम दर्ता स्थलमा निशुल्क पाइन्छ भने परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्ने सुचनामा जनाइएको छ ।

१८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका  नेपाली नागरिकले परीक्षाका लागि आवेदन गर्न सक्नेछन् । बैदेशिक रोजगार बिभागको इपिएस कोरिया शाखाले यस पटक सञ्चालन हुने भाषा परीक्षामा ८ हजार २ सय जना को लागि  आवेदन खुल्ला गरेको हो ।

जसमध्ये ४ हजार ६ सय जना उत्पादनमुलक क्षेत्रमा र ३ हजार ६ सय जना कृषि र पशुपालन क्षेत्रतर्फ  हुने जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget