news and more entertainment

५ वर्षकै उमेरमा आमाः, कुनै आमाले जन्माईन् ६९ सन्तान

काठमाडौं, ७ साउन । विश्वमा ‘आमा’ सबैभन्दा सम्मानयुक्त शब्द र दर्जा हो । मानव सृष्टीको पर्यायवाची शब्दका रुपमा समेत ‘आमा’लाई लिइन्छ । हामीले यहाँ तिनै आमाहरु मध्येका केही फरक आमाहरुका बारेमा जानकारी पस्केका छौं ।

५ वर्षकै उमेरमा आमाः

जुन उमेरमा बालबालिका आफै अर्काको काँखमा खेल्ने गर्छन्, त्यही उमेरमा लिना मेदिना आमा बनिन् । पेरुकी लिना ५ वर्षकै उमेरमा आमा बनेकी थिइन् । ५ वर्ष ७ महिनाकै उमेरमा लिनाले वर्ष सन् १९३९ को मे महिनामा एक साढें दुई केजीको शिशुलाई जन्म दिइन् ।

उक्त शिशुको नाम गेरार्दे राखिएको थियो । धेरै लामो समयसम्म पनि ती बालकले आफ्नी आमालाई आफ्नी दिदी सम्झिरहे । तर, उनले लामो समयपछि मात्रै थाहा पाए उनले तिनै आमाको कोखबाट जन्म लिएका थिए ।

धेरै सन्तानलाई जन्म दिएको रेकर्डः

रुसकी एक महिलाको नाममा अहिलेसम्मकै सबैभन्दा धेरै सन्तानलाई जन्म दिने आमाको रेकर्ड रहेको छ । ती महिलाले आफ्नो जीवनकालमा ६९ सन्तानलाई जन्म दिएकी थिइन् । उनी वर्ष सन् १७२५ देखि १७६५ को समयमा २७ पटक गर्भवती भएकी थिइन् ।

जसमा ती महिलाले १६ पटक जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । त्यस्तै ती महिलाले ७ पटक ३ सन्तान र ४ पटक दुई–दुई सन्तानलाई जन्म दिएकी थिइन् । ती महिला विश्वमै बढी सन्तानलाई जन्म दिने आमा हुन् ।

एक सन्तान जन्मिएको छोटो समयमै दोस्रो सन्तानः

जेन ब्लेकले एक यस्ती आमा हुन्, जसको नाममा सबैभन्दा छिटो दुई पटक गर्भवती हुने महिलाको रेकर्ड रहेको छ । ती महिलाले आफ्नो पहिलो सन्तान जोसेफलाई वर्ष सन् १९९९ को सेप्टेम्बर ३ तारिखका दिन जन्म दिएकी थिइन् भने दोस्रो सन्तानलाई सन् २००० को जुलाई ३० तारिखका दिन जन्म दिएकी थिइन् ।

लामो अन्तरालमा सन्तानको जन्मः

एलिजाबेथ एन बटल लामो समयको अन्तरालमा दुई सन्तानलाई जन्म दिने आमा हुन् । एलिजाबेथले पहिलो सन्तानलाई जन्म दिएको ४१ वर्षपछि दोस्रो सन्तानलाई जन्म दिएकी थिइन् ।

उनले पहिलो सन्तानलाई सन् १९५६ मा जन्म दिएकी थिइन् भने दोस्रो सन्तानलाई सन् १९९७ मा जन्म दिएकी थिइन् । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget