news and more entertainment

बाबुरामलाई चुनौती: राजा फर्काउने अभियान गोर्खाबाट

१४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भदौ २५ देखि असोज १४ गतेसम्म राजा फर्काउने अभियान राष्ट्रिय एकता यात्रा गर्ने निर्णय भएको बताएका छन् ।पृथ्वीनाराय शाहको घर तथा एमाओवादी नेता बाबुराम भट्टराईको गृह जिल्ला गोर्खाबाट अभियान सुरु भई सबै जिल्लामा 'राजा आउ देश बचाउ' भन्ने नारा लिएर जाने योजनामा  थापाको पार्टी रहेको छ । यस विषयमा थापा र पूर्व राजा ज्ञानेन्द्र शाहबीच पनि कुराकानी भएको राप्रपा नेपाल पार्टीभित्र चर्चा छ । बाबुरामले ज्ञानेन्द्रलाई जेल हाल्ने बताएपछि राप्रपाले  बाबुरामको गृह जिल्ला गोर्खाबाटै राजा फर्काउने अभियान सुरु गरेर चुनौति दिन लागेको हो ।  kamal thapa  आसन्न संविधानसभाको निर्वाचनलाई आफ्नो दलले राष्ट्रिय एकता र अखण्डताको सुदृढीकरण तथा सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य स्थापना गर्न सशक्त जनमत सिर्जना गर्ने अवसरका रूपमा उपयोग गर्ने थापाको दाबी छ ।  राप्रपा नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानसभाको निर्वाचनका लागि पार्टी पूर्ण रुपमा जुटिसकेको उहाँले बताउनुभयो । हिन्दू अधिराज्यका लागि कात्तिक ४ देखि ११ गतेसम्म हस्ताक्षर सङ्कलन र घरदैलो कार्यक्रमसमेत सञ्चालन गर्न लागिएको बताउँदै अध्यक्ष थापाले भन्नुभयो– नेकपा माओवादीको चुनाव बिथोल्ने योजना गलत हो भने चार राजनीतिक शक्तिको धम्कीपूर्ण भाषा पनि कानुनी राज्यको मान्यताविपरीत हो, यसले चुनावी वातावरण बनाउनाको सट्टा मुठभेड निम्त्याउँछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget