news and more entertainment

ठूलो संख्यामा भारतीय चल्ला नियन्त्रणमा

रौतहट, १४ साउन । रौतहट प्रहरीले ठूलो संख्यामा यहाँ प्रतिबन्धित भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रवीन विष्टको नेतृत्वमा गएको टोलीले सदरमुकाम गौरनजिकै मुडवलवागाउँ छेउबाट गएराति १२ बजे एक हजार २ सय भारतीय चल्ला नियन्त्रणमा लिएको हो ।chalala
सीमावर्ती भारतीय बजार बैरगनियाबाट अवैध रुपमा तस्करले प्रतिबन्धित भारतीय कुखुराका चल्ला भित्र्याइरहेको विशेष सूचनाको आधारमा उक्त चल्ला नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो ।
नियन्त्रणमा लिइएका चल्ला पशु क्वारेन्टाइनको रोहवरमा नष्ट गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चल्ला तस्कर भने प्रहरी गस्ती टोलीलाई देख्नासाथ चल्ला छोडेर भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget