news and more entertainment

नक्कली कागजात तयार गरी घुस खान्छन् श्रमका कर्मचारी

दोहा । सरकारले बैदेशिक रोजगारमा जाने नेपालीहरु कुनैपनि म्यानपावर कम्पनी, एजेन्ट तथा सरकारी कर्मचारीहरुबाट नठगिउन् भनेर नीति र कानून जति शख्त बनाएपनि ठगी खाने प्रथा भने अझ सम्म हट्न सकेको छैन । सरकारले कर्मचारीहरुको तलबमा जति बृद्धि गराएपनि भ्रष्टाचार तथा घुस खाने प्रथाबाट आफुलाई कहिले पनि चोखो राख्न नसकेको एउटा बलियो उदाहरण हो यो ।

पाल्पा देउराली गा.वि.स. वडा नं. २ घर भएका छत्रपति ज्ञवाली कतार जाने सोच बनाएपछि उनकै घनिष्ठ साथीको अंकलको माध्यमबाट धनगढीका बिजेन्द्र चौधरीलाई उनका साथीको अंकलले सिफारिश गरेछन् । राम्रो तलब र सुविधा सहितको काम कतारमा मिलाईदिनेछ भनी ज्ञवालीका साथीका अंकलका साथीले एजेन्ट बिजेन्द्र चौधरीको नाम लिएपछि उनी चौधरीको सम्पर्कमा पुगेछन् । एजेन्ट चौधरीले आफ्नो सम्पर्कको काठमाण्डौँ स्थित थ्री ब्रदर्स हृुयमन रिसोर्स प्रा. -लि.) म्यानपावर मार्फतबाट बाँकी काम सल्टाएछन् ।

यसै क्रममा चौधरीले श्रमका कर्मचारीको मिलीभगतमा कतार स्थित डेलवन कतार डब्लु.एल.एल कम्पनीबाट श्रम स्वीकृति लिएछन् भने काम गर्नु पर्ने कम्पनीको नाम चाहिँ ट्रान्स ओसन ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टीङ्ग कम्पनीको भिसा थमाएर ज्ञवालीलाई झुक्याएछन् । पिडित छत्रपति ज्ञवालीको ००९७४७४७५९७६२ मा सम्पर्क गरी थप जानकारी लिए पश्चात ज्ञवालीलाई पठाउने एजेन्टको नेपाल स्थित ९८५१०७९६३९ मा सम्मर्क गर्दा आफुले सहजताका साथ म्यानपावर पठाउनलाई श्रममा दोहोरो कागज बनाउन पुगेको स्वीकारेका छन् ।

६० हजार चेक मार्फत, २० हजार नगद र आफ्नो मेडिकल तथा ओरिएन्टेशन समेत आफ्नै पैसाबाट गरेर कतार आउन कस्सिएका ज्ञवालीलाई जुलाई ९ तारिखका साँझ फ्लाई दुबईको उडानमा कतार पठाएछन् । नेपाल छोड्नु अघि पासपोर्ट लिँदै ज्ञवालीले चौधरीलाई सोधेछन् कि मलाई एयरपोर्टमा कसले लिन आउँछ ? जवाफमा चौधरीले आफुले टिकट कम्पनीमा मेल गरिदिइसकेको हुनाले चिन्ता लिनु पर्दैन भन्दै उनी आफु टक्टकिएर ज्ञवालीलाई त्यहाँ बाट एयरपोर्ट पठाएछन् । लामो समय सम्म दोहा एयरपोर्टमा बस्दा पनि आफुलाई सम्बन्धित कम्पनी लिन नआएपछि एयरपोर्टमा भएको हेल्थ सेन्टरमा उनले आफ्नो सम्पुर्ण कागजात देखाउँदा एक अरबी भाषीले जुन कम्पनीको नाममा श्रम निकालिएको थियो, डेलवन नामक त्यो कम्पनीको कागजात नक्कली भनेपछि उनी आफुलाई चौधरीले मज्जाले ठगेको बल्ल थाहा पाएछन् । तिनै अरबीभाषीले डेलवन कम्पनीमा फोन गरी बोलाईदिएपछि उनलाई उक्त कम्पनीले एयरपोर्टबाट लिएर गएपनि आफ्नो कम्पनीको भिसा होइन भनी राख्न नमानेपछि उनको भिसा निस्किएको ट्रान्स ओसन ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टीङ्ग कम्पनीमा पहिलो कम्पनीले अड्डासार गरि पठाएछ ।

आफुलाई प्लम्बर काममा १३०० तथा बस्ने सुविधा सहितको आश्वाशन सहितको लिखत कागज हातमा थमाएर पठाएपनि उक्त कम्पनीले ९०० मासिक कतारी रियालको कागजमा सही गर्न लगाएपछि उनी यि सबै समस्या बोकेर कतार स्थित नेपाली राजदुतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेकहाँ पुगेछन् । कालो सूचीमा सूचीकृत भएको कम्पनीमा आफु फसेको दुखेसो पोख्दै ज्ञवाली आफु माथि धनगढीवासी विजेन्द्र चौधरी र थ्री ब्रदर्स हृयुमन रिसोर्स प्रा.लि. माथि कारवाहि गरी म माथि न्याय प्रदान गरियोस् भनी सहयोगको याचना गर्दै कतारमा बसिरहेका छन् । ट्रान्स ओसन ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टीङ्ग कम्पनीले अबैध कागजातलाई श्रमका कर्मचारीको मिलीभगतमा बैधताको टाँचा लगाएर पठाउने उक्त म्यानपावरलाई फोन गरी सोधपुछ गर्दा आफ्नो म्यानपावरले सो कम्पनीमा मान्छे नै नपठाएको दावी गर्न सम्म भ्याएको ज्ञवाली बताउँछन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget