news and more entertainment

ढिलो सुत्ने बच्चा पढाईमा कमजोर

एक ताजा अनुसन्धान अनुसार बालबालिका ढिलोगरी सुतेमा उनीहरुको दिमागमा नकारात्मक असर पर्दछ । बेलायतमा सुत्ने आदत तथा दिमागको क्षमताको बीच सम्बन्धका बारेमा यो अनुसन्धान सात वर्ष उमेरका ११ हजारभन्दा बढी बच्चामा गरिएको छ । जुन बच्चा राती सुत्ने सयममा कुनै नियमितता छैन जो रातको ९ बजेपछिमात्रा सुत्छन उनीहरु पढ्नमा कमजोर हुन्छन । अनुसन्धानकर्ताका अनुसार निन्द्राको कमीबाट एकतर्फ शरीरमा आलस्यता छाउँछ अर्कोतर्फ नयाँ कुरा सिक्नलाई दिमाखको क्षमतालाई नकारात्मक असर पर्छ । अनुसन्धानकर्ताले पहिलो तीन वर्ष त्यसपछि पाँच वर्ष तथा सात वर्षको उमेरमा नयाँ चीज सिक्ने यी वालवालिकाको क्षमतामा जानकारी जुटाई तथा यो जान्नका लागि पढाईको क्षमतामा निन्द्राको सम्वन्ध कस्तो छ भनि अध्ययन गरेका थिए । good_nights_sleepतीन वर्षको उमेरमा बालवालिकाको सुत्ने समय धेरै अनियमितता पाइएको छ । पाँच बच्चामा सबैको सुत्ने समय लगभग फरक फरक थियो । सात वर्षको उमेरमा आधा बालवालिका एक निश्चित समयमा सुत्ने गर्थे जुन बेलुकाको साढे सात तथा आठको बीचमा थियो । जुन बालवालिकाको सुत्ने समय निश्चित थिएन , गणित तथा सामान्य ज्ञानको परीक्षामा उनीहरु कमजोर देखिन्थ्ये । ढिलो सुत्नेवानीले बालक भन्दा बालिकालाई बढी असर गर्दछ । युनिभर्सिटी अफ कलेज लण्डनका प्रोफेसर अमान्डा सैकर नेतृत्वमा अनुसन्धानकर्ताको टीमले भनेको छ । ढिलो गरी सुत्ने बालवालिकाको पारिवारिक कलह तथा अशान्तिले बच्चाको दिमागमा नकारात्मक असर पर्दछ । ढिलो तथा अनियमित समयमा सुत्ने बच्चा धेरैजसो गरीब परिवारबाट आएको पाइएको छ । यस्ता बच्चा राती पढ्नुको साटो बढी टिभी हेर्छन । प्रोफेसर सैकर भन्छिन राम्रो दिनचर्या बच्चाका लागि महत्व राख्दछ । एजेन्सी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget