news and more entertainment

प्रधानन्यायाधीशको लहडमा मुलुक चल्दा समस्या : शेखर कोइराला

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने बताउनु भएको छ । एक ब्यक्तिको लहडमा मुलुक चल्दा समस्या उत्पन्न भएको उहाँको भनाई थियो ।
रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिने र संविधानसभाको संख्या तथा अनुपात पुरानो बनाउने वित्तिकै उपेन्द्र यादव र अशोक राई निर्वाचनमा आउने भन्दै उहाँले त्यसले नेकपा-माओवादीलाई निर्वाचनमा आउन बाध्य बनाउने दावी गर्नुभयो । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता कोइरालाले चारदल, असन्तुष्ट दल, सरकार र अन्तर्राष्ट्रिय शक्ति एक ठाँउमा नआएसम्म निर्वाचन हुन नसक्ने दावी गर्नुभयो ।

चार दलले निर्वाचन नचाहेको आशंका ब्यक्त गर्दै उहाँले भन्नुभयो-’प्रचण्ड चुनावको विरोध गर्नेलाई वाईसीएल लगाएर गाँउबाट लखेट्ने कुरा गर्दैछन, निर्वाचनको मिति घोषणा बढेपछि प्रचण्ड र बाबुराम भट्टराईको जुहारी चल्नु र पूर्व राजाले राहत बाडेको विषयमा बाबुराम भट्टराई उत्तेजना फैलाउँदैछन यसबाट उनीहरुले निर्वाचन नचाहेको प्रष्टिएको छ । चार दलले पनि हामि नै सर्वेसर्वा हौं भन्ने हो भने संविधानसभा चुनाव हुन सक्दैन ।’
मोहन बैद्य, उपेन्द्र यादव र अशोक राई सहितका असन्तुष्ठ दलहरु नआए पनि निर्वाचन हुन सक्ने तर, त्यस्तो निर्वाचन सार्थक निर्वाचन हुन नसक्ने उहाँले बताउनु भयो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget