news and more entertainment

प्रहरीको गाडी पल्टियो, ८ प्रहरी घाईते

बबई नदीको भादापुल नजिक ड्युटीमा प्रहरी पुर्याउन जाँदा गुलरिया नगरपालिका वार्ड नं. ८ स्थित कोठिया गाउँको मोडमा प्रहरी गाडी पल्टिएको छ। जीर्ण अवस्थामा रहेको गाडी ब्रेक फेल भएर पल्टिएपछि गाडीमा सवार ८ जना प्रहरी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया देखि करिव १ किलो मिटरको दुरीमा सडक देखि ५ मिटर मुन्तिर विहानै गाडी पल्टिएपछि प्रहरी सहायक निरिक्षक प्रकाश केसी, प्रहरी हवल्दार बलवहादुर वि.क., सूर्य प्रकाश चौधरी, प्रहरी जवान रमेश यादव, दुर्गादत्त जोशी, राजेन्द्र कुर्मी, दिनेश चौहान र रमेश गौतम् घाईते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
 प्रहरी हवल्दार वल वहादुर विकको टाउकोमा गम्भीर चोट लागे पछि नेपालगंज स्थित मेडीकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक सन्दीप भण्डारीले वताए। प्रहरी जवान रमेश यादव, दुर्गादत्त जोशी,  र राजेन्द्र कुर्मीलाई थप उपचारका लागि नेपालगंज पठाईएको उनले वताए। अन्य ४ जना सामान्य उपचार पsena_gadiछि ड्युटीमा फर्किएका छन्।

 प्रहरीका गाडीहरु अधिकांस जिर्ण रहेको उपरिक्षक भण्डारीले जानकारी दिए। र्दुघटनामा परेको गाडी मर्मत गर्न करिव साढे दुई लाख खर्च लाग्ने वताए। बर्दिया जिल्लामा प्रहरीको ९ वटा गाडी रहेका छन् । आईतवार मात्र मर्मत गरिएको गाडी सोमवार विहानै २ वजे पल्टिए पछि जिल्ला प्रहरी कार्यालयमा गस्तीको लागी गाडी नै नभएको उनले वताए।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget