news and more entertainment

कोरियाका बिद्याथीहरुद्वारा बाढी पीढितलाई सहयोग

श्रावण १० - दक्षिण कोरियामा अध्ययनरत नेपाली बिद्यार्थीहरुले मुलुकको मध्य र सुदूरपश्चिमान्चलका बाढी पहिरो पीढित परिवारलाई आर्थिक सहयोग गरेका छन् । विभिन्न विश्व विद्यालयमा अध्ययनरत उनीहरुले २४ लाख ९१ हजार वन (२२ सय १४ अमेरिकी डलर) सहयोग संकलन गरेका हुन् । सबै भन्दा धेरै छुङ बुक विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ८ लाख ६० हजार वन संकलन गरेका थिए ।
दुईहप्ता अघिदेखि रमाकान्त लामिछाने र अमृत सुवेदीको संयोजकत्वमा अभियानको रुपमा संकलन गरिएको रकम कान्तिपुरकर्मी देवेन्द्र सम्बाहाम्फेलाई प्रदान गरेका हुन् । सम्बाहाम्फेले कोरियन एक्सचेन्ज बैंक मार्फत बुधबार कान्तिपुर (एफ.एम प्रालि )को नेपाल इन्भेष्टमेन्ट बैंक, पुल्चोक शाखा बैंक खाता नं : ००४०१०१०००५८८२ मा जम्मा गरेका छन् ।
संकलन गरिएको सहयोग रकम सोलस्थित नेपाली दुताबास मार्फत नेपाल पठाउन प्रयास गरे पनि  'सरकारी निर्देशन नभएको' भन्दै दूताबासका कर्मचारीले लिन अस्विकार गरेपछि रेडियो कान्तिपुरले स्थापना गरेको 'कान्तिपुर राहत कोष' मा जम्मा गरिएको सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरिया (सोन्सीक)का सचिव विमल सुवेदीले बताए ।
त्यसैगरी हेल्प नेपाल नेटवर्क कोरिया शाखाले पनि बाढीपीडितकालागि ४५ लाख वन सहयोग संकलन गरी गत हप्ता काठमाडौंस्थित केन्द्रीय कार्यालयको खातामा पठाएको थियो । विभिन्न संस्थाहरुको सहयोगका साथै कृष्ण पुनको सकृयतामा संकलित ७ लाख ४६ हजार वन, पत्रकार महासंघ दक्षिणा कोरियाका पूर्वअध्यक्ष खेम कार्कीद्धारा चिठ्ठा कार्यक्रम आयोजना गरी संकलित २० लाख ९० हजार वन सहित ४५ लाख १० हजार वन पठाइएको कोरिया शाखाका संरक्षक रुद्र शर्माले बताए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget