news and more entertainment

माधव नेपाल र भारतीय प्रधानमन्त्री सिंहबीच भेटवार्ता हुँदै

काठमाडौं, १० साउन । भारत भ्रमणमा रहनुभएका नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आज भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्दै हुनुहुन्छ । नेपाली समय अनुसार साँझ ५ बजे भारतीय प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबीच भेट हुन लागेको नेपालको निजी सचिवालयले जनाएको छ ।

सिंहको औपचारिक निमन्त्रणमा बुधबार ५ दिने भारत भ्रमणमा नयाँदिल्ली जानुभएका नेता नेपालले आजै सिंहसँगको भेटअघि भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग भेट गर्दै हुनुहुन्छ । उहाँहरुबीचको भेट अपरान्ह ४ बजे हुने जनाइएको छ ।

नेता नेपालले आफ्नो भेटका क्रममा नेपालमा हुन लागेको दोस्रो संविधानसभा निर्वाचन, द्धिपक्षीय हीत लगायतका विषयमा छलफल गर्नुहुने बुझिएको छ ।

भारत भ्रमणका क्रममा नेपालले भारतीय सरकारका केही मन्त्रीका साथमा सत्तापक्ष र विपक्षी दलका केही अन्य विशिष्ट व्यक्तिहरुसँग पनि भेटवार्ता गर्नुहुने जनाइएको छ । त्यस्तै उहाँले बिहारका मूख्यमन्त्री नितिश कुमारसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

त्यस्तै नेता नेपालले बिहारको नलन्द विश्वविद्यालयमा आयोजना हुने एक विशेष समारोहलाई सम्बोधन समेत गर्ने कार्यक्रम तय भएको जनाइएको छ । नेता नेपालको भ्रमण दलमा एमाले महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजन भट्टराई सहभागी हुनुहुन्छ ।

बुधबार नै दिल्ली पुग्नुभएका नेता नेपाललाई भारतीय सरकारकातर्फबाट विदेश विभागका सहसचिव अखिलेश मिश्राले विमानस्थलमा स्वागत गर्नुभएको थियो । त्यस्तै उहाँलाई भारतीय राजदूत जयन्त प्रसाद भारतका लागि नेपाली राजदूत खगनाथ अधिकारी लगायतको टोलीले विमानस्थालमा स्वागत गरेको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget