news and more entertainment

महिलाले अवैध सम्बन्ध कायम राख्न पतिकै हत्या

काठमाडौं १७ साउन । सिरहाको सिक्रौन निवासी एक महिलाले अवैध सम्बन्ध कायम राख्न कन्ट्याक्ट किलर हायर गरी पतिकै हत्या गरेको तथ्य खुलेको समाचार आजको राजधानी दैनिकमा खवर छ। सिक्रौन–७ घर भई रामनगर मिर्चैयामा व्यापार गर्दै आएकी गुरुशरण साहलाई उनकै कान्छी पत्नी चन्दरदेवी साहले नाठोसँग मिलेर कन्ट्याक्ट किलर झिकाई हत्या गरेको पाइएको हो। गुरुशरणको गत २ साउनको राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) पूर्णचन्द्र जोशीले अनुसन्धानका क्रममा कान्छी पत्नी चन्दरदेवीले नै अवैध सम्बन्ध रहेका व्यक्तिसँग मिलेर गुरुशरणको हत्या गरेको स्विकारेको बताए। जोशीका अनुसार चन्दरदेवी र उनीसँग अनैतिक सम्बन्ध राख्दै आएका ४० वर्षिया सतो भनिने सतदेव यादवले कन्ट्याक्ट किलरमार्फत साहको हत्या गराएको पाइएको हो। माडर–३ घर भएका सतदेव १५ वर्ष अगाडिदेखि गुरुशरण साहसँगै व्यापार गर्दै आएका थिए। सोही समयदेखि उनकी कान्छी पत्नी चन्दरदेवीको सतदेवसँग अनैतिक शारीरिक सम्बन्ध रहेको थियो।

प्रहरी उपरीक्षक जोशीका अनुसार १५ वर्षदेखि अवैध रूपमा शारीरिक सम्पर्क रहेको र पतिले सो काम बन्द गर्न भनेपछि योजना बनाएर हत्या गरिएको बयान चन्दरदेवीले दिएकी छन्। प्रहरीका अनुसार गुरुशरणको हत्या गर्ने सतदेव मृतकका घनिष्ठ मित्रसमेत हुन्। सतदेवसँग अवैध सम्बन्धबारे जानकारी पाएलगत्तै गुरुशरणले छोरीहरू जवान भइसकेकाले अब त्यस्तो सम्बन्ध नराख्न पटकपटक चेतावनी दिएका थिए। उनको त्यही चेतावनीलाई आफूहरूको सम्बन्धमा बाधक बनेको भन्दै चन्दरदेवीले तिनैमार्फत कन्ट्याक्ट किलर झिकाउन लगाई हत्या गराएको बयान दिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए। ‘आफूहरूको सम्बन्धमा आङ्खना पति नै बाधक भएकाले उनको हत्याको योजना बनाएको चन्दरदेवीले स्वीकार गरेकी छन्,’ प्रहरी उपरीक्षक जोशीले राजधानीसँग भने । हत्याका लागि अभियुक्तहरूले कन्ट्याक्ट किलरलाई २५ हजार एडभान्स दिई काम सम्पन्न भएपछि २ लाख रुपैयाँ दिने सहमति गरेका थिए।

सोहीअनुसार उनीहरूले खटाएका कन्ट्र्याक्ट किलरले तीन÷चार महिनाको प्रयासपछि गत २ साउनको राति १०:४५ बजे घरमा सुतिरहेको अवस्थामा धारिलो हत्या प्रहार गरी गुरुशरणको हत्या गरेको थियो। प्रहरीका अनुसार हत्या योजना बनाएका सतदेव एक महिनाअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यहीँबाट उनले भारतीय अपराधीसँग सम्पर्क गरी गुरुशरणको हत्या गराएका हुन्।

‘श्रीमतीलाई जति सम्झाए पनि सम्बन्ध कायम रहेपछि आफ्नै मित्र रहेकाले गुरुशरणले सतदेवलाई नै सम्बन्ध नराख्न भनेपछि दुवै मिलेर हत्या गरेको पाइयो,’ जोशीले भने। सिरहामै केही समयअघि श्रीमती र छोरीले पूर्वसभासद् सदरुल मियाँ हकको हत्या गरेका थिए। छोरीको प्रेमीसँग विवाह गर्न अस्वीकार गरेकाले मियाको हत्या भएको थियो।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget