news and more entertainment

भक्तपुरमा फेरि बर्ड फ्लु:कुखुरा नष्ट गरिँदै

भक्तपुर, श्रावण १२ - भक्तपुरको सिपाडोडमा रहेको हिमाल पोल्ट्री फर्मको कुखुरामा वर्ड फ्लु भेटिएको छ । सिपाडोल वडा २ र ९ मा रहेको पोल्ट्री फर्ममा रहेको कुखुरा परीक्षण गर्दा वर्ड फ्लु भेटिएको हो । बर्ड फ्लुका कारण एकसाता भित्र र्फमको करिब ५ हजार कुखरा मरेका थिए । बाँकी कुखुरा अहिले सरकारी टोलीले नष्ट गरिरहेको जिल्ला पशुसेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले जानकारी दिए ।

उक्त फर्मले बर्ड फ्लु रहेको पत्ता लागेपछि रातारात कुखुरा बिक्री गरेको आशंका गरिएको छ । केन्द्रीय पशुरोग अनुसन्धान अन्वेषण केन्द्रले गरेको परीक्षणको रिपोर्ट हिजो आएको थियो । हिजो उपत्यकाका अन्य स्थानमा पनि बर्ड फ्लु संक्रमित कुखुरा नष्ट गरिएको थियो । फर्ममा रहेका ९ हजार ५ सय कुखुरामध्ये ५ हजार कुखुरा मरेपछि बाँकी कुखुरालाई आज नष्ट गरिएको हो । बाँकी हुनुपर्ने कुखुराको संख्या कम भएकाले बिक्रीको आशंका गरिएको हो
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget