news and more entertainment

कालोसूचीमा पर्नेहरुको संख्या दोब्बर

७ साउन, काठमाडौं । आर्थिक वर्ष २०६९/०७० मा कर्जा सुचना केन्द्रको कालोसूचीमा पर्ने व्यक्ति तथा र्फम संस्थाहरुको संख्या ६ सय ५८ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या दोब्बरभन्दा बढी हो । अघिल्लो आवमा कर्जा सुचना केन्द्रको कालोसूचीमा पर्नेको संख्या ३ सय ४ रहेको थियो ।

वित्तिय प्रणालीको कुल कर्जा बढ्दै गइरहेको बेलामा कालोसूचीमा पर्ने व्यक्ति तथा र्फमहरुको संख्या बढ्दै जानु स्वभाविक भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीले बताउनुभयो । ‘बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर चलाएका उद्योग-व्यवसाय सबै सफल हुन सक्दैनन्’ उहाँले अनलाइनखबरलाई भन्नुभयो- ‘विभिन्न कारणले व्यसायमा असफल हुने, नियतवश ऋण नतिर्ने, एउटा क्षेत्रमा लगेको ऋण अन्यत्रै प्रयोग गर्नेहरु सबै कालोससूचीमा पर्छन् ।’

त्यसो त नेपाल राष्ट्र बैंकले ऋण लिएर नतिर्नेहरुलाई कालोसूचीमा राख्न कडाई गरेपछि कालोसूचीमा पर्नेहरुको संख्यामा वृद्धि भएको हो । राष्ट्र बैंकले २५ लाख रुपैयाँ ऋण लिएर नतिर्नेहरुलाई कालोसूचीमा राख्दै आएकोमा पछिल्लो समय उक्त व्यवस्थालाई संशोधन गरेर १० लाख रुपैयाँमा झारेको छ । सानो कर्जा लिएर ऋण नतिर्नेहरु कालोसुचीबाट जोगिदै जान थालेपछि राष्ट्र बैंकले दायरालाई आवश्यक संशोधन गरेको हो ।

१० लाख रुपैयाँ वा सो भन्दा बढी कर्जा रकम भाखा नाघेको ९० दिन भित्रमा चुक्ता नगरेमा ऋणी कालोसूचीमा पर्नेछ । यसका लागि राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्बन्धीत बैंक तथा वित्तीय संस्थाले कर्जा सुचना केन्द्रमा ऋणीको पुरा विवरणसहित कालोसूचीमा राख्न सिफारिस गर्नुपर्ने हुन्छ । म्याद नाघेको १५ दिन भित्रमा बैंक तथ वित्तीय संस्थाले कर्जा सुचना केन्द्रमा खबर गरिसक्नु पर्नेछ ।

को-को परे कालोसूचीमा ?

आव २०६९/०७० मा कर्जा सुचना केन्द्रको कालोसूचीमा घरजग्गा व्यवसायी सुधिर बस्नेत कालो सुचीमा परेका छन् । त्यस्तै, एनबी ग्रुपको अध्यक्ष जीत बहादुर श्रेष्ठ, एनबी ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रमुख लक्ष्मी बहादुर श्रेष्ठ, जेन श्रेष्ठ, अनार देवी श्रेष्ठ र पुर्ण बहादुर श्रेष्ठ रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका चण्डिराज ढकाल पनि कर्जा सुचना केन्द्रको कालो सुचिमा परेका छन् ।

जिलेट इन्टरनेशनल हाइयर सेकेन्डरी बोर्डिङ स्कुलका नेत्र बहादुर लिम्बु, नेपाल गल्फ मेनपावर सर्भिस, ओस्कार इन्टरनेशनल, चम्पादेवी फुटहिल रिसोर्ट एण्ड भिल्लाका भिवाकर राम श्रेष्ठ, जम्को प्रकाशनका देवकी वास्ताकोटी ढकाल र किशोर ढकाल, एभरेष्ट फ्लोरिकल्चर, भेनटेक मेडिकल नेपाल इन्टरनेशनलका चार्लिज विलियम मेन्डिज, डेभिड विलियम मेन्डिज, नेशलन इन्भेष्टमेन्ट किड्ज, तेज एण्ड करन इन्टरप्राइजेजका तेजकरन जैन, ओरेण्टियल इन्भेष्टमेन्ट कम्पनी लगाएतका ठूला कम्पनीहरु पनि कालो सुचीमा परेका छन् ।

कालो सुचीमा पर्ने धेरैजसो हाउजिङ व्यवसायी, म्यानपावर कम्पनी, होटेल, ट्राभल कम्पनी, साना तथा मझौला उद्योगहरु, कन्सलटेन्सी लगाएत रहेका छन् । १० लाख रुपैयाँ कर्जा लिएर समयमै नतिर्ने कम्पनी तथा व्यक्तिलाई कालो सुचिमा राख्ने व्यवस्था गरिएको हुँदा सान तथा मझौला कम्पनी तथा उद्योग कालो सुचिमा परेका छन् । कर्जा कारोबारमा स्वच्छता र सुद्धता कायम गर्न कालो सुचीमा राख्ने ऋणको सीमा घटाएको राष्ट्र बैंक बताउँछ ।

कुन वर्ष कति कालो सुचिमा

आव २०६७/०६८ मा २ सय १२ व्यक्ति तथा र्फम कर्जा सुचना केन्दको कालोसुचिमा परेका छन् । त्यस्तै, आव २०६६/०६७ मा १ सय २५, आव २०६५/०६६ मा २६, आव २०६४/०६५ मा ४८, आव २०६३/०६४ मा २ सय ८३, आव २०६२/०६३ मा २ सय ६, आव २०६१/०६२ मा १ सय ४ र आव २०६०/०६१ मा १ सय १४ व्यक्ति तथा र्फम कालो सुचीमा परेका छन् । २०४६ पुस २१ गतेदेखि २०६० असार मसान्तसम्म ९ सय ११ व्यक्ति तथा र्फम कर्जा सुचना केन्द्रको कालोसुचीमा परेका छन् ।

ऋणी कालोसुचीमा पर्ने अवस्था

बैंक तथा वित्तीय संस्थाहरुबाट दश लाख रुपैयाँ वा सोभन्दा बढीको कर्जा लिएका ऋणीहरुलाई देहायका कुनै एक वा सबै अवस्थामा कर्जा सुचना केन्द्रले कालोसूचीमा राख्छ :

- कर्जाको साँवा वा साँवाको कुनै किस्ता वा ब्याजको भुक्तानी अवधि एक वर्ष नाघेमा (कुनै ऋणीले उपयोग गरिरहेको विभिन्न कर्जा/सुविधामध्ये कुनै एउटा मात्र कर्जाको भुक्तानी मिति नाघेमा पनि) ।

- कर्जा तथा सुविधाको दुरुपयोग गरेको प्रमाणित भएमा अर्थात एउटा प्रयोजनका लागि लगेको कर्जा रकम अर्कै काममा प्रयोग गरेमा, परियोजना सञ्चालनमा नरहेको अवस्थामा ।

- सुरक्षणमा राखेको सामान दुरुपयोग गरेको प्रमाणित भएमा ।

- ऋणी गायव भएमा ।

- प्रचलित कानुन वमोजिम ऋणी टाट पल्टेमा ।

- इजाजतपत्रप्राप्त संस्थाले ऋणी विरुद्ध अदालतमा मुद्दा दायर गरेको अवस्थामा ।

- ऋण असुली न्यायाधिकरणमा उजुरी दिएको अवस्थामा ।

- नक्कली चेक, ड्राप्ट, विदेशी मुद्रा, क्रेडिट/डेविट कार्ड, विल्स आदि कागजात तथा उपकरण प्रयोग गरी रकम ठगी गरेमा । त्यस्तै सोही ठगी गर्ने प्रयास गरेको विषयमा अदालतबाट कसुरदार ठहरिएमा,

- कुनै व्यक्ति, र्फम, कम्पनी वा संगठित संस्था वित्तीय कारोवार सम्वन्धी अपराधमा संलग्न भएको प्रमाणित भएमा ।

- कुनै व्यक्ति, र्फम, कम्पनी वा संस्थाले इजाजतपत्रप्राप्त संस्थासंग लिएको कर्जा सो कर्जाको लिखतको भाकाभित्र चुक्ता नगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ५७ बमोजिम असुलीको कारवाही चलाउँदाको अवस्था ।

- इजाजतपत्र प्राप्त संस्थाले कर्जा अपलेखन गर्नुपर्दाको अवस्थामा ।

- खातामा मौज्दात अपर्याप्त भएमा आदि ।

 कालो सुचिमा परेपछि

- कालोसूचीमा समावेश भएका ऋणीलाई इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा प्रदान गर्नमा बन्देज ।

- सामाजिक पदमा उम्मेदवार हुनबाट बञ्चित हुने ।

- कर्जा लिएर कारोबार गर्ने प्रकृयाको अन्त्य हुने ।

- कालोसूचीमा परेको लामो समयसम्म कर्जा नतिर्ने व्यक्तिहरुको नयाँ राहदानी जारी गर्न तथा भईरहेको राहदानी जफत गर्न इजाजतपत्रप्राप्त संस्थाले नेपाल राष्ट्र बैंक मार्फत नेपाल सरकारलाई सिफारिश गरि राहदानी जफत गरिने ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget