news and more entertainment

पूर्वप्रधानमन्त्री उपचारका लागि रकम संकलन

अमेरिका, ८ साउन । पूर्वप्रधानमन्त्री मरिचमान श्रेष्ठको स्वास्थ्य उपचारका लागि यहाँ रकम सङ्कलन अभियान सुरु गरिएको छ। साहित्यकार ज्ञानेन्द्र गदालले राष्ट्र बचाउने नेताहरुको जीवन बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य भएकाले अमेरिकाका विभिन्न स्थानबाट रकम सङ्कलन अभियान सूरु गरिएको बताउनुभयो।

उहाँका अनुसार अमेरिकाको फ्लोरिडा, कोलोराडो, टेक्सास, एटलान्टा, क्यालिफोर्निया, न्यूयोर्क, वासिङ्गटन डिसी, बोस्टन, साउथ क्यरोलिनालगायत विभिन्न राज्यमा रहँदै आएका नेपालीले पूर्वप्रधानमन्त्री श्रेष्ठको उपचारका लागि रकम सङ्कलन गर्दै आएका छन् ।
श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्दै सुरु गरिएको सो अभियान स्वतस्फूर्त भएको बताउँदै साहित्यकार गदालले यो महिनाको अन्तिमसम्ममा सङ्कलित रकम दाताहरुको नामावलीसहित नेपालमा रहेको मूल खातामा पठाइने छ ।

पूर्व प्रधानमन्त्री श्रेष्ठ फोक्सोको क्यान्सरबाट पीडित भई भारतको मेदान्त अस्पतालमा उपचारार्थ हुनुहुन्छ । आर्थिक अभावका कारण उहाँको उपचार हुन नसकेको दुखेसो परिवारजनले व्यक्त गरेपछि विदेशमा रहेका नेपालीले स्वतस्फूर्तरुपमा रकम सङ्कलन अभियान थालेका हुन्। विदेशमा रहेका नेपालीले पूर्वप्रधानमन्त्री आर्थिक अभावमा उपचारबाट वञ्चित हुन सक्ने अवस्थाप्रति ध्यान दिन सरकारसँग अनुरोधसमेत गरेका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget