news and more entertainment

मंसीर ४ गते निर्वाचन हुँदैन :उपेन्द्र यादव

काठमाडौं साउन ७ : मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी मंसीर ४ गते कुनै हालतले संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् । उनले तीन दलिय सिन्डिकेट र बर्तमान सरकारले नै निर्वाचन गराउन नचाहेको आरोप लगाए ।

मिडिया इन्टरनेसनलले सोमबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले संविधान बन्ने सुनिश्चितता नभएसम्म संविधानसभाको निर्वाचनको कुनै औचित्य नभएको बताए । उनले केही नेता र निर्वाचन आयोगले चुनाव हुन्छ भन्दैमा चुनाव हुन नसक्ने प्रष्ट पारे ।

“हामीले सार्थक चुनाव र संविधनानसभाको सुनिश्तिचता चाहान्छौं, हामी चुनाव बहिस्कारको पक्षमा छैनौं” उनले भने, “तर अहिलेको वातावरण मंसीर ४ मा कुनै हालतमा निर्वाचन हुदैन ।”

मोहन वैद्य नेतृत्वमा रहेको नेकपा माअ‍ेवादीसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नरहेको प्रष्ट पार्दे यादवले बर्तमान अवस्थामा गोलमेच सम्मेलन गरेर पनि निकास निस्कन नसक्ने बताए ।

अहिले गर्ने गोलमेच सम्मेलनको वैधानिकता प्रष्ट नभएको भन्दै अध्यक्ष यादवले संविधान निर्माणको सुनिश्चित गर्न सक्ने गोलमेच सम्मेलनको मात्रै औचित्य रहने बताए  । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget