news and more entertainment

कार्यकर्ता रिहाईको माग गर्दै वाइसिएलदुवारा चितवन बन्द

चितवन, १७ साउन। चन्दा असुली गर्दै गर्दा पक्राउ परेका आफ्ना ६ जना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गरी तत्काल रिहाइको माग गर्दै वाइसिएल चितवनले जिल्ला बन्द गरेको छ। बन्दका कारण चितवनको जनजीवन बिहानैदेखि प्रभावित भएको छ।

बन्दका कारण यातायत, शैक्षिक संस्था र कलकारखाना ठप्प रहेका छन् । भित्री सडकमा छिटफुट रुपमा केही सवारीसाधन चले पनि मुख्य सडकमा सवारीसाधन ठप्प रहेका छन् । नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, पूर्वी चिततवनको टाँडी, पर्सा, भण्डारालगायतका स्थानमा वाइसिएलका कार्यकर्ता सडकमै बसेर बन्द गराइरहेका छन् । बन्दका कारण चितवन भएर राजधानी जाने र राजधानीबाट चितवन आउने सवारीसाधनहरु चल्न सकेका छैनन् ।

वाइसिएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले माग पूरा नभएसम्म कुनै पनि हालतमा बन्द फिर्ता नलिने स्पष्ट पार्नुभयो । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, शववाहन, पर्यटक, कूटनीतिक नियोगलगायतका सवारीसाधनमा भने अवरोध नगरिने उहाँले बताउनुभयो । बन्दमा अप्रिय घटना नहोस् भन्नका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जबर्जस्ती यातायात अवागमनमा अवरोध गर्न खोजे स्थानीय प्रशासनसँग छलफल गरी आवश्यक कारबाही गर्ने तयारी भइरहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालयले वाइसिएलका कार्यकर्ता उत्तम गुरुङ, मधु न्यौपाने, भरत मगर , विशाल मरहट्ठा, मनोजकुमार शेर्पा र रवि पराजुलीलाई चन्दा माग्दै गर्दा पक्राउ गरी मुद्दा दर्ता गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget