news and more entertainment

पूर्वराजासँग मिलेर राष्ट्रियता जोगाउछौं भन्नु दुर्भाग्य :अध्यक्ष चित्रबहादुर केसी

बागलुङ, श्रावण १३ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादीको षडयन्त्रमा नफसी आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा भाग लिन नेकपा-माओवादीलाई आग्रह गरेका छन् ।
निर्दलीय र चारदलीय सिण्डीकेटकै सरकार भएपनि निर्वाचनबाट डराएर भाग्नु भन्दा भाग लिएर लोकतन्त्र र गणतन्त्रको संस्थागत गर्नु आवस्यक भएको केसीले बताए । आगामी निर्वाचनबारे पार्टी प्रशिक्षणकालागि बागलुङ आएका केसीले प्रगतीशिल पत्रकार संघले बिहीबार  आयोजना गरेको पत्रकार सम्मेलनमा जस्तो सुकै अप्ठ्यारो भएपनि संविधानसभाबाटै संविधान लेखिनुपर्नेमा जोड दिए । संविधानसभा भित्र संसद पनि रहने हुँदा दलीय सरकार निर्माण र सरकारको नियन्त्रण गर्न सकिने भएकोले निर्वाचन अनिवार्य भएको केसीले प्रष्ट पारे ।
चुनाव भाँड्ने र पूर्वराजासँग मिलेर राष्ट्रियता जोगाउछौं भन्नु दुर्भाग्य भएको पनि उनले टिप्पणी गरे । 'कोशी, गण्डकी र कालापानीका सम्झौतादेखि राष्ट्रियता बेचिएका सबै घटनामा राष्ट्र प्रमुख राजा थिए' केसीले भने, 'राजगद्दी सुरक्षाका लागि राजाहरुले देशको अखण्डता र राष्ट्रियता धरापमा पारेका थिए ।' २ सय ४० बर्ष सम्म राजतन्त्रले अधिकांस समय राजगद्दी मात्र सुरक्षा गर्दै जनतालाई धोका दिएको केसीको आरोप छ । राष्ट्रियताको नारा भज्दै जनतालाई नोकर बनाउनेलाई राष्ट्रियता देख्न नहुने केसीको तर्क छ ।
बहुदल, लोकतन्त्र र गणतन्त्रको माध्यमबाटै राष्ट्रियताको संरक्षण हुने उनले दावी गरे । संघियतामा जाने भन्ने अदुरदर्शी निर्णयले अघिल्लो संविधानसभाको चारबर्षे कार्यकालमा संविधान नबनेको भन्दै अव फेरी संघियताको नारा दिएर जान नहुने केसीले बताए ।

संविधान बनेमा राजावादीहरु स्वतह समाप्त भएर जाने भन्दै संविधान बन्न नदिने तत्वको खेलमा हाम्रा दलहरु भुलेको उनले आरोप समेत लगाए । 'पूर्व पञ्च र राजावादीको षडयन्त्रमा भूलेर बैद्य र ३३ दलले संविधानसभालाई पाखा लगाउन खोज्नु राम्रो होइन' केसीले भने,'लोकतन्त्रमा आफ्ना असहमतिलाई राख्दै प्रकृयामा भाग लिनुपर्छ ।'
चारदलीय सिण्डीकेट अन्त्यकालागि निर्वाचनमा गएर उनीहरुलाई पाखा लगाउन सक्नुपर्छ । देश बनाउने नयाँ अनुहारका लागि पनि निर्वाचन आवस्यक परेको केसीको भनाइ छ ।
'छिमेकी भारतमा ५० बर्षसम्म परिवर्तन नगरे हुने क्षेत्र निर्धारण गर्नकालागि भाँडभैलो गर्नु आवस्यक छैन' केसीले भने, 'एक मधेस एकप्रदेश, संघियता जस्तै पटक-पटक फेरिने क्षेत्रले पनि देशलाई घात गर्छ ।'
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget