news and more entertainment

कोरियामा कर्माचार्यप्रति समवेदना व्यक्त गर्न शोक पुस्तिका राखिने

दक्षिण कोरियास्थित नेपाली दूतावासले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबाहादुर कर्माचार्यको सम्झनामा समबेदना व्यक्त गर्न शोक पुस्तिका राख्ने भएको छ ।

 शुक्रवार दूतावासले एक विज्ञप्ति जारी गरी कर्माचार्यको सम्झनामा समबेदना व्यक्त गर्नका लागि शोक पुस्तिका राख्ने जनाएको छ । सम्मान व्यक्त गरी समाबेदना दिन चाहानु हुने नेपालीहरूलाई जुलाई २७ तारिख शनिवार र २८ तारिख आइतबार बिहान १० बजे देखि अपरान्ह ५ बजे सम्म उक्त शोक पुस्तिकामा समाबेदना दिन सक्ने बताइएको छ ।

 सोलस्थित दूतावासको सभाहलमा राखिने उक्त शोक पुस्तिकामा समावेदना प्रकट गर्न दूतावासले सबैमा अनुरोध गरेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget