news and more entertainment

यार्सागुम्बा संकलक दार्चुलामा मृत भेटिए

यार्सागुम्बा संकलन गर्न गएका एक जना मृत अवस्थामा भेटिएका छन् । मंगलवार दार्चुलाको धारी ३ का ३३ बर्षिय देवसिंह कार्की मृत भेटिएका हुन् । यार्सा संकलन गरी घर फकिर्दै गरेका कार्की सित्तोला गाविसको चाइमटेला स्थित दुदीयाम खोल्सोमा टाउको क्षेतबिक्षत तथा अनुहार नचिनिने अवस्थामा भेटिएको मृतकका काका प्रेमसिंह कार्कीले बताए । साउन ६ गते घर फकिर्न लागेको भन्दै मृतक कार्कीले घरमा खबर गरेका थिए । दुई दिन लाग्ने बाटोमा साता वित्दा पनि घर नपुग्दा आफन्त खोजी गर्न चाइमटेलातिर गएका थिए । धेरै दिनको खोजविनपछि खोलामा मृत भेटिएको मृत्तकका काका प्रेम सिंहले बताए । कार्कीको हत्या गरिएको आशंका गरिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षिक गणेश बमले बताए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget