news and more entertainment

यस्तो छ संजय दत्तको ५३नौ जन्मदिन जेलमा

 आज ५३ वर्ष पूरा भएका संजन्य दत्त जेलमा जीवन बिताईरहेका छन् । सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोट सम्बन्धी एक मामिलामा उनले यतिखेर पुणेस्थित यरवदा जेलमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
 बलिउड ‘स्टार’ संजयले आज आफ्नो ५४ औं जन्मदिन जेलमा नै मनाउने छन् । सञ्जयको जन्मदिनको अवसरमा उनलाई भेट्न उनकी श्रीमती मान्यता आज यरवदा जेलमा पुग्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संजय पत्नी मान्यताले आज जेल पुगेर संजयलाई ‘सप्राईज’ दिन लागेकी समेत बलिउडमा अड्कल काटिएको छ । मान्यताले जेलमा संजयसँग करिब २० मिनेट भेट गर्ने जनाइएको छ ।
सन् १९५९ को जुलाई २९ तारिखका दिन संजयको जन्म ‘फिल्मी परिवार’मा मुम्बईमा भएको थियो । बलिउडका फिल्म अभिनेता सुनिल दत्तको सन्तानका रुपमा जन्म लिएका संजयको अभिनय यात्रा बाल कलाकारकै रुपमा प्रारम्भ भएको थियो । बलिउडमा भने उनको करियर सन् १९८१ को फिल्म ‘रक्की’बाट सुरु भएको हो ।
त्यसयता संजयले बलिउडमा आफ्नो विभिन्न ‘अवतार’ प्रस्तुत गरिसकेका छन् । ‘एक्सन’ नायकका रुपमा उदाएका संजयले पछिल्लो समयमा बलिउडमा हाँस्य भूमिकामा समेत आफूलाई अब्बल सावित गरेका थिए । सन् २००० मा फिल्म ‘वास्तव’बाट फिल्म फेयर सर्वोत्कृष्ट अभिनेताको पुरस्कार जितेका संजयले २००४ मा फिल्म ‘मुन्नाभाइ एमबीबीएस’बाट फिल्म फेयर सर्वोत्कृष्ट हाँस्य अभिनेताको अवार्ड जितेका थिए ।
फिल्म निर्माता, टेलिभिजन कार्यक्रम सञ्चालक र राजनीतिकर्मी समेत रहेका संजयले बलिउडमा ‘विधाता’, ‘नाम’, ‘साजन’, ‘खलनायक’, ‘वास्तव’, ‘मिसन कश्मिर’, ‘जोडी नम्बर १’ ‘मुसाफिर’, ‘प्लान’, ‘परिणिता’, ‘दश’, ‘मुन्नाभाइ सिरिज’, ‘धमाल’, ‘अग्निपथ’ र पछिल्लो पटक ‘सन अफ सरदार’ लगायतका चर्चित फिल्ममा अभिनय गरिसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget