news and more entertainment

मरेका कुखुराले भक्तपुमा दुर्गन्धित

भक्तपुर, श्रावण १३ - भक्तपुरमा प्रशासनलाई जानकारी नै नदिई मरेका कुखुरा जथाभावी फाल्ने गरेको पाइएको  छ ।
बाक्लो वस्तीनजिकै, राजमार्ग दायाबायाँ र एकान्त खोचहरुमा मरेका कुखुरा गन्हाउन थालेर दुर्गन्ध फैलिएको छ । मरेका कुखुरा परीक्षण गर्दा बर्ड फ्लु भेटिए बिक्री नहुाने भएकाले व्यबसायीहरुले प्रशासन र जिल्ला पशु सेवा कार्यालयलाई जानकारी नै नदिई आफूखुशी फाल्ने गरेका हुन् ।

नोङखेल-२ स्थित जीजे ईट्टा भट्टनजिकै अस्ती बेलुका गाडिएको कुखुरा दुर्गन्धित भएपछि स्थानीयले हिजो बिरोध गरेका छन् । उक्त स्थानमा आज डोजर लगाएर माटोले पुरिएको छ ।
उक्त स्थानमा जीजे पोल्ट्री फार्मले मरेको कुखुरा गाडेको स्थानीयले जय बेन्जुले बताए । उनका अनुसार अनुसार र्फमले शुक्रबार राति ८ बजेदेखि १ बजेसम्म तीन ट्रक मरेका कुखुरा उक्त स्थानमा गाडेको हो ।
अरनीको राजमार्गको भाटेढिकुरदेखि नलिन्चोकसम्म दायाँबायाँ मरेको कुखुरा बोरामा राखेर अलपत्र फालिएको छ । तर प्रशासनले त्यसबारेमा कुनै छानबिन सुरु गरेको छैन् ।
जिल्ला पशुसेवा कार्यालय भक्तपुरका खगेन्द्र भट्टले कुखुरा मरेको बारेमा आफूलाई जानकारी नभएको बताए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget