news and more entertainment

उहि बाबुराम राजासग सहकार्य गर्न तत्पर अहिले जेल हाल्ने , बाबुरामको यो दरिद्रता हो कमल थापा

काठमाडौ, ९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजा र माओवादी मिलेर जानु पर्छ भनि प्रस्ताव राख्ने पहिलो ब्यक्ति पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराई नै भएको आरोप लगाएका छन । माओवादी नेता नरेन्द्रजंग पिटरको संयोजनमा नेपालगञ्जका पूर्व मेयर धवल समशेर राणाको घरमा भएको लामो वार्तामा डा भट्टराईले आफूसँग राजा र माओवादीवीच सहकार्य गरेर अघि बढ्नु पर्ने र त्यस्तो अवस्थामा पूर्व राजालाई पहिलो राष्ट्रपति वा अधिकार विहीन राजाको रुपमा स्विकार्न आफूहरु तयार रहेको प्रस्ताव गरेको थापाले खुलासा खुलासा गरेका छन । बुधवार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले भट्टराईको प्रस्तावमा तत्कालिन नेपाली काग्रेस र नेकपा एमाले सहितका प्रजातान्त्रिक दलहरुलाई बाईपास गरेर सहकार्य गर्नु पर्ने सिधा प्रस्ताव रहेको थापाले स्पष्ट पारे । यद्यपि उनले राजा कुनै बाद नभएकोले त्यसमा माओवादीदेखि सबै अटाउन सक्ने भएकोले प्रजातन्त्रबादी शक्तिहरुलाई बाईपास गरेर कुनै सहकार्य हुन नसक्ने आफूले स्पष्ट पारेको बताए । सरकार माओवादी वार्ता टोलीका तत्कालिन सदस्थ थापाले दाङको हापुरेमा भएको वार्ता पनि भट्टराईले लामो ब्याख्या गर्दै राजा र माओवादीवीच सहकार्य भए राजसंस्था राख्न आफूहरु सहमत रहेको प्रष्ट धारणा राखेको अध्यक्ष थापाले सुनाए । अध्यक्ष थापाले भने–मोहन बैद्यले अहिले राजा र माओवादीवीचको सहकार्यको कुरा गर्नु भएको छ यो पहिला नै बाबुराम भट्टराईले राखिसकेको प्रस्ताव हो । फेरि बाबुरामजीले गणतन्त्र आएपछि पनि सास्कृतिक राजतन्त्रको कुरा गरेकै हो । उनले विपक्षीमा परेका जनतालाई राहत दिने पूर्व राजालाई जेल हाल्ने कुरा आपत्तिजनक भएको भन्दै यसले भट्टराईको दरिद्रता र राप्रपा नेपालको भोट बढेको दावी गरे
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget