news and more entertainment

पुबुदु आएलगतै मैदानमा

काठमाडौ, श्रावण १० - नेपाललाई बर्मुडामा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-३ को च्याम्पियन बनाएर क्यानडा (घर) लागेका प्रशिक्षक पुबुदु दसानायके बुधबार झन्डै तीन महिनापछि काठमाडौं फर्किएका छन् । उनको प्रशिक्षणमा रहेको नेपाली टिम वैशाख १५ देखि २२ सम्म बर्मुडामा भएको प्रतियोगितामा सफलता हात पार्दै डिभिजन-२ उक्लिनुका साथै सन् २०१५ मा हुने वान-डे वल्र्डकप छनोटको बाटो पनि खोलेको थियो ।
राष्ट्रिय टिमका खेलाडी र्फकंदा जस्तो पुबुदु आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम र चहल-पहल थिएन । बिहान ९ बजे ओर्लिएका पुबुदु दरबारमार्गस्थित होटल अन्नपूर्णमा सामान राखेलगत्तै कीर्तिपुर मैदानमा खेलाडीको अभ्यास हेर्न पुगे ।
नेपालले भदौ १ देखि ९ गतेसम्म सिंगापुरमा एसीसी इमर्जिङ टिम्स कप खेल्दै छ । त्यसका लागि नेपाल क्रिकेट संघ -क्यान) ले प्रशिक्षक पुबुदुकै निर्देशनमा दुई साताअघि युवा खेलाडीलाई मौका दिंदै १५ सदस्यीय टिमको घोषणा गरिसकेको छ । टिमलाई दुई सातादेखि नेपाली प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिंदै आएका छन् ।
पुबुदुले कीर्तिपुरमा खेलाडीलाई फिटनेस टे्रनिङ गराए, साथै टमाटा, कप्तान पारस खड्कालगायत अन्य खेलाडीसँग कुराकानी गरे । त्यसपछि पुबुदु सातदोबाटोस्थित पौडी परिसरमा रहेको क्रिकेटको इन्डोर अभ्यास स्थल पुगे । 'वषर्ाले गर्दा बाहिरी अभ्यासमा असर परेको छ,' पुबुदुले भने,'त्यसैले गर्दा हामीले फिटनेसमा बढी जोड दिएका छौं ।' खेलाडीहरू नेटमा भन्दा फिटनेस प्रशिक्षणमा व्यस्त रहँदै आएका छन् । सातदोबाटोको इन्डोरमा बलरले राम्रोसँग रन-अप लिन मिल्दैन भने ब्याट्सम्यानले पनि राम्रोसँग पावर शटमा ब्याटिङ अभ्यास गर्न पाउँदैनन् ।
'अहिले हामी फिटनेसलाई नै जोड दिन्छौं,' पुबुदुले भने,'बाँकी कुरा साउन १७ देखि १४ दिनसम्म श्रीलंकामा चल्ने अभ्यासमा सुधार गर्नेछौं ।' नेपाली टिमले श्रीलंका भ्रमणमा चार वान-डे खेल त्यहाँको यू-२३ राष्ट्रिय टिमसँग खेल्नेछ । बाँकी अभ्यास खेल त्यहाँको क्षेत्रका टिमसँग खेल्ने पुबुदुले बताए । क्यानडामा लिग खेलिरहेका वसन्त रेग्मी साउन १७ मै श्रीलंका आउनेछन् भने अकर्ाा खेलाडी ज्ञानेन्द्र मल्ल भदौ ५ गते आइपुग्ने कार्यक्रम छ ।
नेपालले कात्तिक १ देखि मंसिर १५ सम्म यूएईमा आईसीसी वल्र्डकप ट्वान्टी-ट्वान्टी छनोट खेल्नेछ । त्यसअघि हुने इमर्जिङ टिम्स कपलाई प्रशिक्षक पुबुदुले अन्तिम तयारीका रूपमा दिएका छन् । इमर्जिङ टिम्स कपमा नेपाल समूह 'ए' मा छ । जसमा वान-डे मान्यताप्राप्त अफगानिस्तान तथा टेस्ट मान्यताप्राप्त टिम भारत र पाकिस्तानका यू-२३ टिम पनि छन् ।
नेपालले छोटो समयमा डिभिजन-४, एसीसी ट्रफी एलिट र डिभिजन-३ को उपाधि जिते पनि पेस बलिङ राम्रो हुन सकेको छैन । त्यसैले प्रशिक्षक पुबुदुले यसपल्ट युवा बलर अविनाश कर्णलाई अमृत भट्टराईको स्थानमा ल्याएका हुन् ।
'नेपालको पेस बलिङ राम्रो हुन सकेको छैन, त्यसैले इमर्जिङ टिम्स कपमा त्यसको परीक्षण हुनेछ,' पुबुदुले भने, 'अन्य युवा खेलाडीलाई पनि मौका दिइएको छ, राम्रो गरे भने उनीहरूले टिममा स्थान पाउनेछन् ।'
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget