news and more entertainment

दिपक मनाङ्गे लाई कुटपिटको आरोपमा पुलिसमा उजुरी

काठमाडौं ११ साउन ।सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीको खोजिमा रहेका चर्चित गुण्डा दिपक मनाङ्गे (राजीव गरुङ)को बिरुद्ध कुटपिटको आरोपमा पुलिसमा उजुरी परेको छ। मनाङ्गेकै व्यावसायिक साझेदार रोसनकुमार सिंहले आफु बिरुद्ध कुटपिटको उजुरी प्रहरीमा गरेका छन्। फरार सुचिमा रहेका मनाङ्गेले मान्छे कुट्न- धम्कयाउन अझै छाडेका छैनन तर प्रहरी उनलाई खोज्न वा भेट्न सक्दैन्।
गुन्डागर्दी क्रियाकलापमा संलग्न रहेका चर्चित ‘गुण्डा’ (राजीव गुरुङ) दीपक मनाङ्गेले आफ्नै व्यवसायिक साझेदार साथीलाई कुटपिट गरेका छन्। सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा अदालतमा मुद्दा दायर भएसँगै अदालतको म्याद नवुझी फरार रहेका मनाङेले आफ्नो जडिबुटी व्यवसायका साझेदार रोसनकुमार सिंहलाई कुटपिट गरेका हुन ।
कारोवारका लागि दिएको पैसा फिर्ता नदिएको भन्दै मनाङेले सिंहलाई कुटेका हुन । प्रहरी स्रोतका अनुसार सोमबार साँझ उनले कुटपिट गरेका हुँन । कारोवारका लागि पैसा लगानी गरेको लामो समय भइसक्दा पनि मुनाफा नआएको भन्दै मनाङेले सेयरबापत लगानी गरेको पैसा फिर्ता मागेका थिए । तर, सिंहले पैसा फिर्ता गर्न नसक्ने बताएपछि कुटाई खाएका हुन । सम्पत्ति शुद्धीकरण मुद्दामा गुरुङ फरार छन ।
उनले काठमाडौं जिल्ला अदालतबाट जारी भएको म्याद समेत बुझेका छैनन् । प्रहरी सूचीमा फरार रहेपनि मनाङेले अझै गुन्डागर्दी क्रियाकलाप छाडेका छैनन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget