news and more entertainment

चुनाव प्रचारमा शिक्षक पनि

१५ साउन, काठमाण्डौं ।एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचन सम्पन्न नभएसम्म सक्रिय राजनीतिमा होमिन शिक्षकहरूलाई निर्देशन दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीले सुरु गरेको ‘जनसम्बन्ध सुदृढीकरण अभियान’देखि निर्वाचन सम्पन्न नहुँदासम्म आङ्खना काम थाती राखेर सक्रिय राजनीतिमा होमिन शिक्षकहरूलाई निर्देशन दिएका हुन् । एमाओवादीनिकट अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठक बसालेर शिक्षकहरूलाई सक्रियतापूर्वक अभियानमा संग्लन्न हुनैपर्ने निर्देशनसमेत दिइएको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा शिक्षक संगठनको केन्द्रीय समिति बैठक आयोजना गरी एमाओवादी अध्यक्ष दाहालले निर्वाचन बहिष्कारका लागि केही शक्तिकेन्द्र अभियानसहित लागिपरेको भन्दै त्यसको काउन्टर दिन पनि शिक्षकहरूले चार महिना राजनीतिक अभियानमा अनिवार्य जोडिनुपर्ने बताएको राजधानी दैनिकमा खबर छ ।

उनले निर्वाचन विरोधीहरूलाई बौद्धिक क्षेत्रबाट काउन्टर दिन शिक्षकहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै पार्टीले ल्याएको अभियानमा सक्रिय भएर लाग्न निर्देशन दिएका थिए । दाहालले निर्वाचन विरोधीहरूको भण्डाफोर गर्न शिक्षकबाहेक अन्यले प्रभावकारी भूमिका खेल्न नसक्ने भन्दै शिक्षकहरूले सक्रियतापूर्वक अबको चार महिना राजनीतिक अभियानमा जुट्नुपर्ने बताएका थिए । ‘शिक्षकहरूको अबको काम निरपेक्ष रूपमा विद्यार्थीलाई पढाउने मात्र होइन,’ बैठकमा दाहालको निर्देशन उद्धृत गर्दै एक शिक्षकले भने, ‘निर्वाचनमा एमाओवादीलाई जिताउन आङ्खनो कार्यक्षेत्रदेखि सबैतिर राजनीतिक अभियानमा सक्रियतापूर्वक जुट्नुपर्छ, चुनाव नहुँदासम्मका लागि प्रमुख काम राजनीति हुनुपर्छ ।’
निर्वाचनको माहोल आङ्खनो पार्टीको पक्षमा पार्न शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै दाहालले पार्टीलाई जिताउने गरी शिक्षकहरूलाई प्रचार अभियानमा जुट्न निर्देशन दिएका थिए । दाहालले शिक्षकहरूलाई अन्तरिम समयका लागि पार्टीले खटाउने कार्यक्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget