news and more entertainment

स्वेदेश फर्कन पनि घूस !

१३ साउन, काठमाण्डौं । साउदी सरकारले आममाफीको अवधि नोभेम्बर ४ सम्म लम्ब्याएपछि स्वदेश र्फकन लागेका आप्रवासी नेपालीले ‘एक्जिट भिसा’ पाउन घूस खुवाउनुपरेको गुनासो गरेका छन् ।

घूस नखुवाए साउदी प्रहरी-प्रशासनले अनेक बहाना बनाएर हप्तौ अल्झाइदिने गरेको पीडितले बताएका छन् । ‘मैले मे २३ मै नेपाली दूतावासबाट आउटपास लिएको थिएँ तर, जुलाई २३ मा मात्र स्वदेश र्फकने एक्जिट भिसा पाएँ,’ सिरहाका शिवकुमार महतोले सुनाए, ‘ घूस नखुवाउँदा म ढिलो भएँ । मसँगैका साथीहरु एक महिनाअघि नै नेपाल पुगिसकेका छन् ।’

महतोले काम छाडेर रियाद धाउँदा र अध्यागमन कार्यालयमा कुर्दा दुई महिना बितेको बताए । ‘प्रक्रिया पूरा गर्दा र हवाईजहाजको टिकट लिँदा एकलाख रुपैयाँ ऋण लागेको छ,’ उनले सुनाए, ‘अब गाउँको घडेरी बेचेर ऋण तिर्छु । ‘

नेपाल आइसकेका गोर्खाका एक युवकले भने रियादको अध्यागमन कार्यालयमा एक बंगालीलाई १५ सय रियाल दिएपछि काम छिटो भएको सुनाएको खबर नागरिक दैनिकले छापेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget