news and more entertainment

हामि पूर्व राजासग सहकार्य गर्न तयार छौ सिपि गजुरेल

 नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले इमान्दारीताका साथ आए पूर्वराजा ज्ञानेन्द्र शाहसँग माओवादीको सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । मंगलबार क्रान्तिकारी पत्रकार महासंघ नेपालगञ्जले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो कुरा बताउनु भएको हो । साथै उहाँले देश बचाउन पूर्वराजासँग सहकार्यको सम्भावना बढ्दै गएको जिकीर समेत गरेका छन् । अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने बताउँदै कर्मचारी सरकार खारेजी र गोलमेच सम्मेलनको माओवादी माग कायमै रहेको स्पष्ट पार्नु भयो । उहाँले उपाध्यक्ष गजुरेलले चिनियाँहरुले माओवादीलाई निर्वाचनमा भाग लिन नभनेको तर शान्ति प्रक्रियामा सहयोग भने जारी रहने बताएको बताउनु भयो । साउनको १० गतेबाट निर्वाचन बहिस्कार आन्दोलन सुरु हुने जानकारी दिंदै उपाध्यक्ष गजुरेलले सुरुमा उम्मेदवारका श्रीमती र छोराछोरीलाई निर्वाचनमा भाग नलिन दवाब बनाउन अपिल गरिने र नमाने जनताले नै पाखा लगाउने चेतावनी दिनु भयो । चार दलको संयन्त्रलाई सेण्डीकेट भन्दै भारतीय इसारामा सेण्डीकेट रहुन्जेल वार्ता हुन नसक्ने गजुरेलको भनाई छ ।cp-gajurel
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget