news and more entertainment

चार खेलाडीलाई प्रतिभा पुरस्कार

काठमाडौ, श्रावण १० - क्रिकेटर पारस खड्का, कराँतेका सुनील लामा, उसुकी चाहना बम्जन लामा र फुटबलकी जमुना गुरुङले 'खेलकुद प्रतिभा पुरस्कार २०६९' पाउने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अगस्त १२ (साउन २८) मा चार खेलाडीलाई खेलकुद प्रतिभा पुरस्कारले सम्मान गर्न लागेको हो ।
हरेक खेलाडीले एक-एक लाख रुपैयाँ पाउने युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि नेपालले कान्तिपुरलाई बुधबार जानकारी दिए । उनका अनुसार नेपाल भलिबल संघ २०६९ सालको उत्कृष्ट संघ चयन भएको छ । उसले पनि एक लाख रुपैयाँ पाउनेछ ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसको नेतृत्वमा नेपालले गत वर्ष आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ र एसीसी ट्रफीको उपाधि जितेको थियो । उनकै कप्तानीमा एसीसी ट्वान्टी-ट्वान्टी कपमा नेपाल उपविजेता भयो । उनले तीनै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन पनि गरे ।
नेपाली कराँतेका नयाँ स्टार सुनीलले गत वर्ष दुई अन्तर्राष्ट्रिय स्वर्णपदक जितेका थिए । उनले १३ औं एसिया प्यासिफिक सितोरियो च्याम्पियनसिप र बंगलादेशमा आमन्त्रण प्रतियोगितामा पदक जितेका थिए । राष्ट्रिय महिला फुटबल कप्तान जुमनाको नेतृत्वमा नेपाल दोस्रो साफ महिला च्याम्पियनसिपको उपविजेता भएको थियो । त्यस अवसरमा उनले ५ खेलमा दुई ह्याटि्रकसहित ८ गोल गरेकी थिइन् ।
उसुकी नयाँ स्टार चाहनाले मकाउमा सम्पन्न चौथो वल्र्ड जुनियर उसु च्याम्पियनसिपमा कांस्यपदक जितेकी थिइन् । उनले सान्सौं विधाको महिला ६० केजी तौल समूहको प्रतिस्पर्धा गर्दा अमेरिकी खेलाडीलाई २-१ अंकले पराजित गरेकी थिइन् ।
दानबहादुर तामाङको अध्यक्षतामा २०६८ चैत २९ गते निर्वाचित नेपाल भलिबल संघले वर्ष २०६९ मा ८ महिना र १३ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता गरेको थियो । 'राजनीतिलाई ध्यान नदिएर काम गरे सफल भइन्छ भन्ने भलिबल संघले देखाएको छ,' राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्य सचिव युवराज लामाले भने । लामाले खेलाडीलाई सरकारले गर्न लागेको सम्मानको स्वागत गरे । वर्ष २०६८ मा मन्त्रालयले दुई खेलाडी (कराँतेकी गंगा अधिकारी र बक्सिङका दीपक महर्जन) लाई सम्मान गरेको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget