news and more entertainment

आईसीसी एकदिवसीय वरियतामा भारत पहिलो स्थानमा

काठमाडौं, ८ साउन । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले २१ जुलाई २०१३मा  जारि गरेको एकदिवसिय क्रिकेटको वरियताक्रममा भारत पहिलो नम्बरमा रहेको छ। रेटिङ अंक १२२का साथ भारत पहिलो स्थानमा रहेको छ भने ११४ अंकका साथ अष्ट्रेलिया दोस्रो स्थानमा रहेको छ।

एक महिनाको अन्तरालमा भारतले मीनी वर्ल्ड कप भनेर चिनिने च्याम्पियन्स ट्रफी र वेष्टईन्डिजमा खेलिएको त्रिदेशिय क्रिकेट श्रृखंला जिते पछी भारत दोस्रो रहेको अष्ट्रेलियासँग रेटिङ अंक ८को फरकमा रहेको छ।

त्यसैगरि ईङल्याण्ड ११२ अंककासाथ तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा रहेको श्रृलंका र पाँचौ स्थानमा रहेको दक्षिण अफ्रिकाको क्रमश: १०९ र १०८ अंक छ।

पाकिस्तान, वेष्टईन्डिज, न्युजिल्याण्ड, बंगलादेश र जिम्बाब्वे क्रमश: ६औ, ७औ, ८औ, ९औ र १०औ स्थानमा रहेका छन्।

टेष्ट वरियता नपाएका आयरल्याण्ड, नेदरल्याण्ड र केन्याले क्रमश: ११औ, १२औ र १३औ स्थानमा आफुलाई जमाएका छन्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget